सवारी दुर्घटनामा २ जनाको मृत्यु


काठमाडौं –  पाँचथर, मिक्लाजुङ गाउँपालिका-२ लक्ष्मीचौकस्थित सडकमा प्रदेश १-०१-००१ त ९०३४ नम्बरको ट्याक्टरले किचर ट्याक्टरका सहचालक सोही ठाउँ बस्ने २९ वर्षीय अविशेक आङदेम्वेको आइतबार दिउँसो मृत्यु भएको छ ।

ट्याक्टर रोक्ने क्रममा अचानक चक्काले किच्दा गम्भीर घाइते भएका उनको आधारभूत अस्पताल रवितर्फ लैजाने क्रममा क्रममा बाटोमै मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रुपन्देही, तिलोत्तमा नगरपालिका-१५ स्थित सडकमा लु.४४ प ९८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ना.६ ख २७०५ नम्बरको ट्रकमा ठोक्किएर आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक  पाल्पा तानसेन नगरपालिका-३ बौ- गुम्बा बस्ने २० वर्षीय  नबिन रानाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार पाल्पा पुर्ब खोला गाउँपालिका-६ बस्ने २० वर्षीय दिल बहादुर आलेको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया