

फिफा विश्वकप छनोटः बोलिभियालाई पराजित गर्दै उरूग्वे विजयी

काठमाडौं – फिफा विश्वकप छनोटमा उरुग्वेले जित निकालेको छ । सोमबार बिहान भएको दक्षिण अमेरिकी छनोटमा उरुग्वेले बोलिभियालाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।
उरुग्वेको जितमा जर्जियन डी आरेसकाइटाले दुई गोल गरे । यस्तै फेडेरिको भल्भार्डे र अगस्टिन अल्भारेजले एक एक गोल गरे ।
बोलिभियाका मार्सेलो मोरेनोले दुई गोल फर्काए । जितसँगै उरुग्वेले ८ खेलमा १२ अंक जोडेको छ । उरुग्वे तालिकाको चौंथो स्थानमा उक्लिएको छ । बोलिभिया ६ अंकसहित नवौं स्थानमा छ ।

