काठमाडाैंमा पहिलोपटक छाेटाे समयमा १२१ मिलिमिटर वर्षा, राति पुनः पानी पर्ने सम्भावना


काठमाडाैं – काठमाडाैं पछिल्लो ५ घण्टामा १ सय २१ दशमलव ५ मिलिमिटर वर्षा भएको छ । यो वर्ष मनसुनमा काठमाडाैंमा पहिलो पटक छोटो अवधिमा यति धेरै पानी परेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए ।

एकै पटक परेको ठूलो वर्षाका कारण काठमाडाैं उपत्यकाका धेरै ठाउँ जलमग्न भएका छन् । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण स्थानीय वायु पनि सक्रिय हुँदा मेघगर्जनसहित पानी परेको मौसमविद्ले बताएका छन् ।

अहिले भने पानी पर्न रोकिएको छ । वाग्मती प्रदेशका एक/दुई ठाउँमा पानी परे पनि अन्त रोकिएको मौसमविद् मिनकुमार अर्यालले बताए ।अहिले पानी पर्न रोकिए पनि आज राति पनि ठूलो वर्षाको सम्भावना छ । राति वाग्मतीसहित गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा पानी पर्ने उनले बताए ।

प्रतिक्रिया