राष्ट्रपति भण्डारीद्वारा सङ्घीय संसद्‌को अधिवेशन आह्वान


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार सङ्घीय संसद्‌को अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा भदौ २३ गते बुधवार दिउँसो ४ बजेका लागि राष्ट्रपति भण्डारीले सङ्घीय संसद्‌को दुवै अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा शनिवार जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८-५-१९ को सिफारिसमा संवत् २०७८ साल भदौ २३ गते बुधवारका दिन १६:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा सङ्घीय संसद्‌को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।’

शनिवार दिउँसो बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया