एमाले अध्यक्ष ओली अस्वस्थ, अत्यावश्यकबाहेकका भेटवार्ता बन्द


काठमाडौ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्। ओली अस्वस्थ भएपछि शनिबारका औपचारिक कार्यक्रम र भेटघाट बन्द गरिएको छ ।

ओली अस्वस्थ्य भएपछि अत्यावश्यकबाहेकका सबै भेटवार्ता बन्द गरिएको उनका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए। प्रेस संयोजक बजगाईंका अनुसार अध्यक्ष ओलीलाई हल्का ज्वरो आएको छ ।

शनिबार नेकपा(एमाले) काठमाडौँ महानगर कमिटीले महानगरस्तरीय बृहत् कार्यकर्ता भेला गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो ।

सरकारबाट बहिर्गमन र पार्टी विभाजनपछि ओली पछिल्लो समय पार्टीको गतिविधिमा सक्रिय भएर लागेका थिए।

प्रतिक्रिया