दार्चुला घटनाबारे कूटनीतिक पहल गर्न परराष्ट्रलाई गृहको पत्र


काठमाडौं – दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनामा संलग्नमाथि कारबाहीका लागि कूटनीतिक पहल गर्न गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।

सहसचिव जनार्दन गौतम नेतृत्वको छानबिन समितिले प्रतिवेदन बुझाएपछि गृहले अनुसन्धान गरेर दोषीमाथि कारबाही, परिवारलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउन कूटनीतिक पहल गर्न सिफारिस गरेको हो ।

छानबिन समितिले दिएको सुझाव अनुसारका विषयवस्तु समेटेर परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिएको हो । छानबिन समितिले ब्याँस गाउँपालिका–२ का धामी तुइनबाट खसेर महाकालीमा बेपत्ता भएको घटना भारतीय सीमा सशस्त्र बल ९एसएसपी० को उपस्थितिमा भएको भनेको छ ।

तर प्रत्यक्षदर्शीहरुले एसएसपीले तुइनको तार फुकालेको कारण धामी बेपत्ता भएको समिति समक्ष बयान दिएका छन् । वैदेशिक रोजगारीमा जान घरबाट निस्किएका धामी १५ साउनमा महाकाली नदीमा खसेका थिए ।

प्रतिक्रिया