झिनो अंकले बढेर २९ सय ७६.९८ विन्दुमा नेप्सेमा, कारोबार रकम ९ अर्ब ३५ करोड


काठमाडौं – बुधबार नेपाल स्टक एक्सेन्च (नेप्से) परिसूचक १.१४ अंकले बढेर २९७६.९८ विन्दुमा पुगेको छ । नेप्से ०.०४ प्रतिशतले बढेको हो। यस्तै, सेन्सेटिभ परिसूचक ०.१७ अंकले बढेर ५५०.६९ विन्दुमा पुगेको छ ।

कूल २२६ वटा कम्पनीको एक करोड ७१ लाख ८२ हजार ८ सय ७१ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार ६ सय ५५ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये ४ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ९ वटा उपसमूहको सेयर घटेको छ ।

बुधबार पनि अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको नै सर्वाधिक कारोबार भएको छ । कम्पनीको ५९ करोड ९९ लाख ३६ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

बुधबार रूरू जलविद्युत परियोजना कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ७.५५ प्रतिशतले बढेर एक हजार ४ सय ४८ रूपैयाँ पुगेको छ । यता सनराइज फर्स्ट म्युचुअल फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

प्रतिक्रिया