अफगानिस्तान मामिलामा हाम्रो कुरा नमाने विश्वले फेरि दुःख पाउँछः पाकिस्तान


इस्लामावाद – पाकिस्तालने अफगानिस्तान मामिलामा आफूले भनेको कुरा नसुने विश्व एउटा ठूलो समस्या झेल्न तयार रहनुपर्ने चेतावनी दिएको छ । पाकिस्तानका सूचनामन्त्री फवाद चौधरीले टीआरटी वर्ल्डलाई अन्तर्वार्ता दिँदै अफगानिस्तान मामिलामा आफ्नो देशले दिएको सुझाव मनन नगरे विश्वले दुःख पाउने चेतावनी दिएका हुन् ।

उनले भने, ‘पछिल्लो केही समययता पाकिस्तानको सल्लाह बेवास्ता गरिएको छ, यदि पाकिस्तान र हाम्रा प्रधानमन्त्रीको सल्लाह मानेको भए अवस्था केही फरक हुन्थ्यो ।’ ८० को दशक स्मरण गर्दै उनले भने, ‘पाकिस्तानको स्थिति एकदमै चिन्ताजनक थियो, जब सोभियत संघले १९८८ मा अफगानिस्तान छाड्यो, तब हामीले समस्याको सामना गर्नुपर्‍यो ।’

उनले अगाडि भने, ‘अफगान संघर्षको समाधान गर्न रुस, चीन, अमेरिका र पाकिस्तानको भूमिका प्रमुख हुन्छ तर यसका साथै अन्य समूह जसका सदस्य टर्की, पाकिस्तान, इरान समेत अन्य मध्य एसियाली मुलुकले पनि यो समस्या समाधानमा सक्रिय भूमिका निर्वाह गर्न जरुरी छ ।’ पाकिस्तानका सञ्चारमन्त्री चौधरीले अफगानिस्तानबाट अमेरिकी र नेटोका सेना फिर्तासँगै पाकिस्तान फेरि एक पटक यस दलदलमा फसेको बताए । एजेन्सी

प्रतिक्रिया