

निरंकुश र प्रतिगामी तत्वहरु पछारिए तर, षडयन्त्रको प्रयास छाडेका छैनन् : प्रचण्ड

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरंकुश र प्रतिगामी तत्वहरु पछारिएको बताएका छन् ।
सोमबार काठमाडौंमा सर्लाही जिल्ला समन्वय समिति र सर्लाही काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष दाहालले यस्ताे बताएका हुन् । अध्यक्ष दाहालले भने हामी सबैको प्रयासले निरंकुश र प्रतिगामी तत्वहरु पछारिएको तर, उनीहरूले षड्यन्त्रले अझै पनि षडयन्त्रको प्रयास छाडेका छैनन् ।
उनले एमालेको सरकार संघमा मात्रै नभएर केही दिनपछि १ नम्बर र बागमती प्रदेशमा पनि ढल्ने दाबी गरे ।
त्यस्तै उनले संसदमा केपी शर्मा ओलीलाई आगोसँग खेल्ने प्रयास नगर्न आफूले भनेको पनि स्मरण गरे । प्रचण्डले मंगलबार नै गठबन्धनको बैठक बसेर सरकारलाई पूर्णता दिन मन्त्रीमण्डल बाँडफाडका बिषयमा टुङ्गो लाग्ने बताए ।
त्यस्तै अध्यक्ष दाहालले मधेशका क्षेत्रमा जनताले भोगेका समस्याहरुलाई समाधान गर्ने प्रतिवद्धता पनि जनाए । कार्यक्रममा सर्लाहीका विभिन्न दलका कार्यकर्ताहरु माओवादी प्रवेश गरेका थिए ।

