

पछिल्लो २४ घण्टामा २,२९५ जनामा संक्रमण पुष्टि, १६ को मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा थप २२९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८९२ पीसीआर परीक्षणमा १९०२ जना र ४३४१ एन्टिजेन परीक्षणमा ३९३ जना गरी २२९५ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १८०८ जना संक्रमणमुक्त भएका छन् भने, १६ जनाको मृत्यु भएको छ ।

