उपत्यकाको फोहोर उठाउन नसकिने अवस्था आएको भन्दै बालुवाटार पुगे मेयर शाक्य


काठमाडौं – उपत्यकाको फोहोर उठाउन नसकिने अवस्था आएको भन्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्री देउवाले जति सक्दो छिटो उपत्यकाको फोहोर व्यवस्थापनको वातावरण बनाइदिने आश्वासन दिएका छन् । मेयर शाक्यले उपत्यकाको फोहोर फाल्ने स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने सडक निर्माणका लागि प्रधानमन्त्रीलाई अनुरोध गरेका छन् । सडक निर्माणका लागि महानगरले नै खर्च व्यहोर्ने पनि उनले बताए ।

देउवालाई भेट्न सोमबार मेयर उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलगायत जनप्रतिनिधि बालुवाटार पुगेका थिए ।

प्रतिक्रिया