

यसकारण माधवबाट अलग भए प्रदिप नेपाल, एकीकृत समाजवादी सनाखतमा पुगेका थिए

काठमाडौं– नेकपा एकीकृत समाजवादी सनाखतका लागि निर्वाचन आयोगमा पुगेर हस्ताक्षर गरेका प्रदिप नेपालले माधवकुमार नेपालको साथ छाडेको घोषणा गरेका छन्।
एमालेमा निस्क्रिय रहेका तर अर्थपूर्ण मानिने नेता प्रदिपले नयाँ पार्टीले जनताको बहुदलीय जनवाद (जबज) अंगीकार गर्न अस्वीकार गरेकाले माधव नेपालको साथ नरहेको घोषणा गरेका हुन्।
एमाले पुनर्गठनको नाममा मूल मन्त्रका रुपमा रहेको जबज लत्याउनुले सहि दिशा नलिने भन्दै उनले एकीकृत समाजवादीबाट अलग र माधवकुमार नेपालको साथ छाडेको बताए।

