देवकोटाको घर पुननिर्माण गर्न पुरानै सामान प्रयोग गर्नुः सर्वोच्च


काठमाडौं – महाकवि लक्ष्मीप्रसाद देवकोटाको भत्काइएको घरको पुरानै सामान प्रयोग गरेर घर पुननिर्माण गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। पुराना घरको ईट्टा, माटो, झ्याल, ढोकालगायतको पुरानो सामान प्रयोग गरेर भत्काउनु अगाडिको स्वरूप, प्रविधि प्रयोग गरी महाकविको घरको पुननिर्माण गर्न सर्वोच्चले आदेश दिएको हो।

यसरी पुननिर्माण गर्दा महाकविको घरको आधिकारीक तथा मौलिकतालाई जोगाउन सकिन्छ । अधिवक्ता सञ्जय अधिकारीले दिएको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश अनिल कुमार सिन्हा र वमकुमार श्रेष्ठको इजलासले पुरानै सामान प्रयोग गरेर पुननिर्माण गर्न आदेश दिएको छ।

अधिवक्ता अधिकारीले देवकोटको घरको आधिकारिकता र मौलिकता नविग्रिने गरि पुनिर्माण गर्न परमादेश माग गर्दै रिट दिएका थिए। प्रज्ञा प्रतिष्ठान देवकोटको घर भत्काएर त्यहाँ नयाँ डिजाइन अनुसारको घर बनाउन लागेको थियो । प्रतिष्ठानको उक्त निर्णय बदर गर्न पनि उनले माग गरेका छन्।

प्रतिक्रिया