प्रदेश २ का दुई मन्त्रीको जिम्मेवारी हेरफेर, भाेलि पदभार ग्रहण


जनकपुरधाम – प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले अर्थ र भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । अर्थ मन्त्रीमा शैलेन्द्र साहलाई जिम्मेवारी दिइएको छ ।

विजय यादवलाई भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । दुबै मन्त्रीले सोमबार पदभार ग्रहण गर्ने छन् । अर्थ मन्त्रालयको जिम्मेवारी पाएका साहले मुख्यमन्त्री लालबाबु राउतले जिम्मेवारी दिएको बताए ।

प्रदेश प्रमुखको कार्यालयबाट पनि जानकारी आएको भन्दै जिम्मेवारी हेरफरको पुष्टि गरेका छन् । उनले सोमबार पदभार ग्रहण गर्ने भन्दै अर्थ मन्त्री यादवलाई कृषिमा ल्याउने तयारी भइरहेको बताए ।

प्रतिक्रिया