दुई महिनाको उपचारपछि स्वदेश फर्कँदै पूर्वप्रधानमन्त्री खनाल


काठमाडौं – विगत दुई महिनादेखि भारतको अपोलो अस्पतालमा उपचार गराइरहेका पूर्वप्रधानमन्त्री झलनाथ खनाल सोमबार स्वदेश फर्किने भएका छन्।

गत असार २ गते उपचारका लागि भारतको नयाँदिल्ली गएका खनाल सोमबार दिउँसो काठमाडौं आइपुग्ने उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए।

सुरुमा स्वास्थ्यमा समस्या देखिएपछि राजधानीको नर्भिक अस्पतालमा भर्ना गरिएका खनाललाई थप उपचारका लागि दिल्लीको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

खनाल उपचाररत रहँदा नेकपा एमालेको विवादबाट माधव नेपाल पक्ष छुट्टिई नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गरेको छ । खनालले दिल्लीबाटै नेपालको पक्षमा रहँदा दिल्लीस्थित दूताबासबाट सखानत गरी समर्थन गरेका थिए ।

प्रतिक्रिया