

नेकपा एकीकृत समाजवादीले आज दलको नेता चयन गर्दै

काठमाडौँ – नवगठित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को संसदीय दलको बैठक आज (आइतबार) बस्दै छ।
एकीकृत समाजवादीले आज संसदीय दलको नेता चयन गर्ने भएको छ । बिहान ११ बजेपछि बानेश्वरमा बस्ने बैठकले अध्यक्ष माधवकुमार नेपाललाई दलको नेता चयन गर्न आज संसदीय दलको बैठक बोलाइएको नेता मेटमणि चौधरीले जानकारी दिएका छन्।
नेकपा एमालेबाट बिद्रोह गरि माधव नेपालले नेकपा एकीकृत समाजवादी गठन गरेका थिए।
उक्त पार्टीलाई गएको बुधबार निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र दिएको थियो। यो पार्टी सरकारमा जाने तयारी छ।

