मन्त्री खानका लागि माधव नेपालले देउवाको पाउमा सांसद चढाउँदैछन् : महेश बस्नेत


काठमाडौं – नेकपा एमालेका नेता महेश बस्नेतले माधवकुमार नेपालले मन्त्री पदका लागि आफ्ना सांसदलाई शेरबहादुर देउवाको पाउमा चढाउन खोजेको बताएका छन् ।

शनिबार ललितपुरको लुभुमा युथ फोर्सले गरेको एक कार्यक्रममा उनले नेता नेपालको कडा आलोचना गर्दै मन्त्री पदका लागि सांसदहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाको पाउमा चढाउन लागेको बताए ।

उनले भने,  ‘सुन्दैछु, ६ जनाले मन्त्री खाँदै छन् । माधव नेपालले हिजो प्रधानमन्त्री खान राजाको पाउमा दाम चढाउनुभयो, अहिले मन्त्री खानका लागि शेरबहादुर देउवाको पाउमा आफ्ना सांसद चढाउँदै हुनुहुन्छ’ ।

सांसद बस्नेतले माधव नेपाललाई साथ दिने नेताहरुलाई एमालेमै फर्किन आग्रह गरे । त्यस्तै उनले माधव नेपाले आफू नेतृृत्वमा हुँदा एमालेलाई ३३ सिटमा झारेको र माओवादीमा बिलय गराउन खोजेको पनि बस्नेतले आरोप लगाए ।

प्रतिक्रिया