एकीकृत समाजवादी सरकारमा जाने, मन्त्रालय टुंगिएपछि मन्त्री चयन गर्ने


काठमाडौं – माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी हुने निर्णय गरेको छ । शुक्रबार बसेको एकीकृत समाजवादीको स्थायी कमिटीको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

सत्ता साझेदार दलहरुबीच मन्त्रालय टुंगिएपछि मात्र मन्त्री चयन गर्ने बैठकले निर्णय गरेको छ । २ भदौमा नेकपा एमालेबाट अलग भएर माधवकुमार नेपालले गठन गरेको एकीकृत समाजवादीले बुधबार वैधानिकता पाएपछि मन्त्रिपरिषद् विस्तारको तयारी भएको छ ।

सत्ता साझेदार दलका नेताहरुबीच एकीकृत समाजवादीले पाँच मन्त्रालय लिने सहमति भएको छ । मन्त्री संख्या भने टुंगिन बाँकी छ । त्यसैगरी लामो समय सम्म मन्त्रीपरिषद विस्तार गर्न नसकेका प्रधानमन्त्री शेरबहादुर देउवाले एकीकृत समाजवादीको निर्णय कुरेर बसेका छन् ।

प्रतिक्रिया