

यसकारण देउवाका फूपुका छोरा तथा डडेल्धुरा जिल्ला सभापति निधितिर खुले
भएभरका पुजारी र हिन्दू गुरुलाई भेला पारेर के सन्देश दिन खोज्दैछन् महेन्द्रनारायण पुत्र?

काठमाडौं– नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा अनेक प्रकारका समीकरण र साथका नयाँ आयाम र रहस्य पर्दापण हुन थालेका छन्।
उपसभापति विमलेन्द्र निधिले यसअघि नै सभापतिको उम्मेदवारी घोषणा गरी सम्पर्क कार्यालयसम्म उद्घाटन गरिसकेका छन् भने प्रधानमन्त्री तथा हालका सभापति शेरबहादुर देउवा पुनः दोहोरिने स्पष्ट अडानमा छन्।
तर, दाबेदारीबीच कांग्रेस महाधिवेशन एउटा महाभारत जस्तो विवादको घेरामा छ। तैपनि अनेक नेताका विचित्र पर्दाफास हुन थालेका छन्।
सभापति देउवानजिक रहे पनि महाधिवेशनका लागि फरक बाटो हिँडेका संस्थापक नेता महेन्द्रनारायण निधिपुत्र विमलेन्द्रका साथ डडेल्धुरा जिल्ला सभापति कर्णबहादुर मल्ल खडा भएका छन्। सम्बन्धमा मल्ल देउवाका आफ्नै फूपुका छोरा (भान्जा भाई) हुन्।
सुदूरपश्चिम प्रदेश सभा सदस्य मल्ल देउवाको गृहजिल्ला डडेल्धुराका सभापति पनि हुन्। मल्ल निधिसँग खुल्दा गृहजिल्लमा देउवालाई कठिन हुन सक्ने अनुमान गरिएको छ। मल्ल निधिको सम्पर्क कार्यालय उद्घाटनका क्रममा देखिएका थिए।
मल्ल देउवापत्नी आरजु राणासँगको सम्बन्धमा आएको टकरावका कारण निधितिर खुलेको बताइन्छ।
निधिले सो क्रममा कसैलाई हटाउन या रिटायर्ड गराउनका लागि आफूले उम्मेदवारी नदिएको बताएका थिए।
भएभरका पुजारी र हिन्दू गुरु बोलाएर दिएको सन्देश
महाधिवेशनका क्रममा हालको भारतीय संस्थापनको साथ निधिले खोजेका छन्। उनी सभापतिको उम्मेदवारी घोषणा गरेपछि पटक–पटक भारत पुगेका थिए।
केही दिन अघि मात्र काठमाडौंमा आएका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले पनि निधिलाई भेटेका थिए। लगत्तै सम्पर्क कार्यालय स्थापनाका क्रममा हिन्दूत्व झल्काउनेगरी निधिले कुन सन्देश दिन चाहेका हुन्? कतिपयले भन्छन्,‘उनले भारतीय संस्थापनको साथ रहेको सन्देश दिएका हुन्।’
सो क्रममा जानकी, दक्षिणकाली, बगलामुखी, डोल्श्वर लगायत विभिन्न पबित्र मन्दिरका पुजारी तथा पण्डितहरू देखिएका थिए। उनीहरुले नै उक्त कार्यक्रममा स्वस्ती शान्ति गरेका थिए।

