काबुल विमानस्थल विस्फोटमा धेरै तालिबानीको मृत्यु


काबुल – अफगानिस्तानको काबुल विमानस्थलमा भएको बम विस्फोटमा तालिबानका कम्तिमा २८ सदस्य मारिएका छन्। समाचार संस्था रोयटर्सका अनुसार बम हमलामा अमेरिकी भन्दा धेरै तालिबानी मारिएका हुन्।

तालिबानका एक अधिकारीले भने, ‘काबुल एयरपोर्टमा भएको विस्फोटमा अमेरिकी भन्दा धेरै हाम्रा मानिस मारिए।’ तर विस्फोट भएपनि अमेरिकाले ३१ अगस्टपछि अफगानिस्तानमा रहने आवश्यकता नभएको उनले बताए।

बिहीबार राति काबुल विमानस्थलको बाहिरी क्षेत्रमा भएको दुई बम विस्फोटमा कम्तिमा ९० जना मारिएका थिए जसमध्ये १३ अमेरिकी सैनिक थिए। इस्लामिक स्टेटका एक सहयोगी संगठनले यस हमलाको जिम्मेवारी लिएको दाबी गरिएको छ। एजेन्सी

प्रतिक्रिया