एमालेबाट अलग भएपछि माधव नेपालले पत्रकार सम्मेलन गर्दै


काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आज पत्रकार सम्मेलन गर्ने भएका छन्।

दिउँसो २ बजे क्वालिटी बैंक्वेट बुद्ध नगरमा काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरिएको हो।

बुधबार निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) दर्ताको प्रमाण पत्र दिएको थियो।

केन्द्रीय नेताहरूको उपस्थितिमा अध्यक्ष नेपालले समसामयिक राजनीतिक घटनाक्रमबारे पत्रकार सम्मेलन गर्न लागेका हुन्।

प्रतिक्रिया