छुट्टाछुट्टै घटनामा ७ को मृत्यु


काठमाडौं – झापा, भारत डिगलबैक मालीटोली बस्ने २२ वर्षीया रबिना देबी दास, २० वर्षीया पुजा कुमारी दास र १८ वर्षीया देबिका दासको स्थानिय पोखरीमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ । हजुरआमाको वर्ष दिने पूजा गर्ने क्रममा उक्त पोखरीमा डुबेर अशक्त भएका उनीहरुको उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोडतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

धनुषा, धनुषाधाम नगरपालिकापा-२ मङगलपुर बस्ने चन्देश्वर यादवकी ३ वर्षीया छोरी रितिका कुमारी यादवको मंगलबार दिउँसो डुबेर मृत्यु भएको छ । सोही ठाउँस्थित पानी जमेको खेतमा खेल्ने क्रममा डुबेर आशक्त भएकी उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

घरको तीन तला माथिबाट खसेर १ जनाको मृत्यु
काठमाडौं – चन्द्रागिरी नगरपालिका-१० बस्ने २८ वर्षीय संजिब महर्जनको घरको तीन तला माथिबाट खसेर मंगलबार राति मृत्यु भएको छ ।
सोही ठाउँस्थित मामा नाता पर्ने बिनोद जोशीको घरमा गएको अवस्थामा अचानक खसेर गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

मृत अवस्थामा २ जना फेला
काठमाडौं – मोरङ, बिराटनगर महानगरपालिका-७ कोशी अस्पतालको शौचालयमा सुनसरी ईनरुवा बस्ने ६१ वर्षीय होमराज पोख्रेल मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

सप्तरी, सुरुङगा नगरपालिका-६ डेरा गरी बस्ने खडक नगरपालिका-६ घर भएका ५१ वर्षीय कारी पासवान आफ्नै कोठाको अगाडि आँगनमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया