सर्वोच्चद्वारा लुम्बिनीका दुई सांसदलाई अन्तरिम आदेश दिन अस्वीकार


काठमाडौं – नेकपा माओवादी केन्द्रबाट कारबाहीमा परेका लुम्बिनीका दुई सांसदको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

न्यायाधीश दीपककुमार कार्की र हरिप्रसाद फुयालको इजलासले दुवै जना एमालेको केन्द्रीय समितिमा भएको भन्दै अन्तरिम आदेश दिन नमिल्ने आदेश दिएको हो।

माओवादीबाट उम्मेदवार भई सांसद भएका दधिराम न्यौपाने र दिनेश पन्थीलाई माओवादीले आफ्नो दल त्याग गरेको भन्दै कारबाही गरेको थियो। नेकपा खारेजपछि दुवै सांसद नेकपा एमालेमा प्रवेश गरेका थिए।

न्यौपाने रूपन्देही क्षेत्र नम्बर १ को (ख) बाट र पन्थी गुल्मी क्षेत्र नम्बर १ को (ख) बाट निर्वाचित भएका थिए।

प्रतिक्रिया