केन्द्रीय कार्यालयमा कांग्रेस जिल्ला सभापतिको धर्ना


काठमाडौँ – नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन्। मंगलबार बिहान जिल्ला सभापतिहरूले पार्टी कार्यालयमा धर्ना गरेका हुन्।

नुवाकोट कांग्रेस सभापति जगदीश्वरनरसिंह केसीले क्रियाशील सदस्यताको नामावली पार्टीको वेवसाइटमा सार्वजनिक गरिनुपर्ने लगायत माग गरेर धर्ना गरिएको बताए।

उनकाअनुसार २२र२३ जिल्लाका सभापतिहरू आज केन्द्रीय कार्यालयमा धर्नामा पुगेका छन्। ‘आज दुई घन्टा धर्ना दिन्छौं,’ उनले भने, ‘माग पूरा भएन भने भोलिदेखि निरन्तर धर्ना जारी रहन्छ, जिल्ला सभापतिहरू नै धर्नामा आलोपालो गरी बस्नुहुन्छ।’

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापति धर्नामा पुगेका छन्। वडा, जिल्लाबाट आएका क्रियाशीलको नामावली काटेर केन्द्रबाट सिधै क्रियाशीलको नाम राखिएको आशंका उनीहरूको छ।

प्रतिक्रिया