एमाले स्थायी कमिटी बैठक सर्‍यो


काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक सरेको छ ।

दोस्रो तहका नेता सहभागी हुने भनेर आज बिहान बोलाइएको नेकपा (एमाले) स्थायी कमिटीको बैठक सरेको हो ।

बैठक आज बिहान ११ बजेका लागि तय भएको थियो ।
बिहान बस्ने भनिएको बैठक दिउँसो तीन बजेका लागि सारिएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

दिउँसो ३ बजेको बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बस्नेछ ।

बैठकमा एकता पक्षधर नेताहरुले १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न गरेको माग लगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया