


छोरी बलात्कार गर्ने बाबु पक्राउ

कास्की – आफ्नै १३ वर्षीया नाबालिग छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३९ वर्षीय पुरुषलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै छोरीलाई विगत केही वर्ष अगाडिदेखी अनेकौं बहाना बनाई जबरजस्ती करणी गर्दै आएको र मंसिर ६ गते एउटा होटलमा लगेर जवरजस्ती अश्लिल फोटो तथा भिडियो देखाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले ती पुरुषलाई पक्राउ गरेको हो ।
उनी विरुद्ध जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

