जापानबाट अनुदानमा प्राप्त थप खोप नेपाल आइपुग्यो
काठमाडौँ – जापान सरकारले अनुदानमा दिएको १६ लाख डोज खोप नेपाल आइपुगेको छ । जापानबाट कतार एयरलाइन्सको विमानमा सोमबार बिहान साढे ९ बजे झन्डै पाँच लाख डोज एस्ट्राजेनेका खोप आइपुगेको हो । गत शनिबार जापान सरकारले २ लाख ८ हजार ७ सय डोज पठाएको थियो ।
जापानले नेपाललाई १६ लाख १४ हजार ७४० डोज उपलब्ध गराउने घोषणा गरेको थियो । त्यसमध्ये ११ लाख डोज उपलब्ध गराएकोमा सोमबार बाँकी पठाइएको हो ।
नेपालमा हालसम्म ८५ लाख २० हजारभन्दा बढी नेपालीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । तिनमा दुवै डोज लगाउने ३७ लाख ८ हजार ६ सयभन्दा बढी छन् ।