

बेरुजु फर्छ्यौट नगर्ने र अनियमितता गर्नेलाई कारबाही गर्नुपर्छ : डा शेखर

काठमाडौँ – नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले देशमा बेरुजु र अनियमितताको अङ्क बढ्दो रहेकोमा दुख व्यक्त गरेका छन् ।
उनले सरकारले बेरुजु फर्छ्यौट र अनियमिततालाई कारबाही गर्ने तर्फ पाइला चाल्नु जरुरी रहेको बताएका छन् ।
महालेखा परीक्षकको प्रतिवेदन सार्वजनिक भएपछि आइतबार उनले सामाजिक सञ्जालमा ट्वीटरमा स्टाटस पोष्ट गर्दै सरकारको इच्छाशक्ति भए बेरुजु फर्छ्यौट र अनियमितता गर्नेलाई कारबाही गर्न सकिने बताए ।
महालेखा परीक्षकको प्रतिवेदन शुक्रबार सार्वजनिक भएको हो ।
महालेखा परीक्षकको प्रतिवेदन सार्वजनिक भएको छ । वेरुजु र अनियमितताको अंक बढ्दो छ । वर्तमान सरकारले बेरुजु फर्छ्यौट र अनियमितालाई कारवाही गर्ने तर्फ पाइला चाल्नु जरुरी छ । सरकारको इच्छाशक्ति भए यी दुवै काम गर्न सकिन्छ ।
— Dr Shekhar Koirala (@Shekharnc) August 22, 2021

