
क्रियाशील सदस्यताको शेष ४ प्रतिशत विवाद पनि मिल्यो, सभापति देउवाले बुझ्दैछन् प्रतिवेदन
काठमाडौं– महाधिवेशनतिर लम्किएको नेपाली कांग्रेसको ठूलो विवादका रुपमा रहेको क्रियाशील सदस्यताको समस्या समाधान भएको छ। उक्त समस्या समाधानका लागि रमेश लेखकको संयोजनमा रहेको समिति सक्रिय रहेको थियो।
चार प्रतिशत शेष समस्या राख्दै पदाधिकारी बैठकमा प्रतिवेदन बुझाइएको थियो। तर, उक्त प्रतिवेदन बुझेपनि सबै समस्या समाधानका लागि नेताहरुले निर्देशन दिएका थिए।
समितिमा डा. मिनेन्द्र रिजाल र केन्द्रीय सदस्य प्रदिप पौडेल पनि थिए।
तयार भएको प्रतिवेदन सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई आज बुझाउने तयारी रहेको छ। प्रतिवेदन बुझेपछि महाधिवेशनको कार्यतालिकाअनुसार अघि बढ्न देउवाको निर्देशन हुनेछ।
‘टड्कारो समस्याका रुपमा रहेको क्रियाशील विवाद साम्य हुनेछ। प्रतिवेदनले टुंगो लगाएपछि अब महाधिवेशनको माहौल सुरु भयो’, एक केन्द्रीय सदस्य भन्छन्,‘नयाँ नेतृत्वका लागि अब अभ्यासमा नेताहरु लाग्नुहुनेछ।’



कागजपत्र |
