पछिल्लो २४ घण्टामा २०७५ जना संक्रमण पुष्टि, ३० को मृत्यु


काठमाडौं  – नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरिएको १३ हजार ७५ परिक्षणमा उक्त संख्यामा कोरोना पोजेटिभ देखिएको हो ।

त्यस्तै मन्त्रालयका अनुसार २ हजार ३८२ जना कोरोनामुक्त भएका छन् भने ३० जनाको मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा कोरोबाट मुक्त हुनेको संख्या ६ लाख ८५ हजार ९ सय २५ पुगेको छ भने १० हजार ४ सय ८५ जनाले ज्यान गुमाएका छन ।

नेपालमा पछिल्लो तथ्यांकअनुसार ३९ हजार ३ सय २१ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ७१८ जना आईसीयूमा उपचार गराइरहेका छन् भने १६६ जना भेन्टिलेटरमा रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सक्रिय संक्रमित मध्ये ३६ हजार १५ जना होम आईसोलेसनमा छन् भने ३ हजार ३०६ जना संस्थागत आईसोलेसन र ४२३ जना क्वारेन्टाइनमा रहेको जनाइएको छ ।

प्रतिक्रिया