
लाइसेन्सको ट्रायल अर्को हप्तादेखि खुलाउने तयारीः विभाग
काठमाडौं – सवारी चालक अनुमति पत्र लाइसेन्सको ट्रायल अर्को हप्तादेखि खुलाउने तयारी शुरु भएको छ ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सकारात्मक देखिएपछि यातायात व्यवस्था विभागले ट्रायल खुलाउने तयारी गरेको हो। विभागले वैशाख १६ गतेदेखि ट्रायल परीक्षा स्थगित गरेको थियो।
मंगलबार गरेको विभागको सिफारिसमा सीसीएमसी सकरात्मक देखिएपछि ट्रायलको तयारी शुरु भएको हो। स्वास्थ्य मापदण्ड अनुरुप सवारी लाइसेन्स परिक्षाको ट्रायल खुलाउन सीसीएमसी तयार रहेको विभागले जनाएको छ।



कागजपत्र |
