माधव नेपालको पार्टीको नाम नेकपा समाजवादी, आजै दल दर्ताको प्रमाणपत्र पाउने


काठमाडौं– एमालेबाट अलग भएका नेता माधवकुमार नेपाल नेतृत्वको दलको नाम नेपाल कम्युनिस्ट पार्टी समाजवादी कायम भएको छ। विहीबार निर्वाचन आयोगमा नाम सच्याउँदै एमाले हटाएर समाजवादी मात्र राखिएको हो।

यसैगरी नेता नेपालले दल दर्ताको प्रमाणपत्र शुक्रबार नै पाउने भएका छन्। निर्वाचन आयोग स्रोतका अनुसार अबेरसम्ममा नेता नेपाललाई दल दर्ताको प्रमाणपत्र दिइनेछ।

नेकपा एमालेले नेपालसहित १४ जनालाई सांसद पदमा नरहनेगरी कारबाही गरेको पत्रानुसार सभामुख अग्नी सापकोटाले सूचना टाँस गरेका छैनन्। एमालेले सापकोटालाई दबाब दिएपछि शुक्रबारै काम सिध्याउन लागिएको हो।

शनिबारदेखि लगातार तीन दिन विदा भएका कारण चाँडो चाँडो नेता नेपाललाई पार्टीको नाम दिन लागिएको हो।

प्रतिक्रिया