


प्रयोगकर्ताको गुनासो आउन थालेपछि विज्ञापन हटाउने सामसङको घोषणा

काठमाडौं – सामसङ ग्यालेक्सी फोन सरल हुनुका साथै यसमा प्रयोग हुने सफ्टवेयरका कारण धेरै उपभोक्ता अन्य फोन हत्तपत्त रोज्दैनन् । तर यसको ‘वान यूआई’ ले धेरै एड नोटिफिकेसन दिन थालेपछि प्रयोगकर्ताको गुनासो बढिरहेको छ ।
प्रयोगकर्ताबाट तीव्र गुनासो आउन थालेपछि सामसङले चाँडै नै वान यूआईबाट त्यस्ता किसिमका विज्ञापन हटाउने घोषणा गरेको छ । एक कार्यक्रममा बोल्दै सामसङ मोबाइल प्रमुख टीएम रोहले नयाँ सफ्टवेयर अपडेटसँगै विज्ञापन हटाउने योजना सुनाएका हुन् ।
सामसङ पे, वेदर, सामसङ थिम जस्ता डिफल्ट एपहरुबाट विज्ञापन हटाउने निर्णय भएको उनले जानकारी दिए । त्यसो त यी तीन एपहरुले सामसङका अरु एप र सामसङको हेल्थमा विज्ञापनले पार्ने प्रभावलाई समेट्दैनन् ।
तर, जे होस सामसङको यो कदम सकारात्मक देखिन्छ । पछिल्लो दुई वर्षदेखि कम्पनीले यससँग सम्बन्धित सफ्टवेयरमा कामहरु गरिरहेको छ । यद्यपि यो प्रक्रया कति वृहत हुन्छ र अन्य माध्यमबाट आउने विज्ञापनलाई प्रभाव पार्छरपार्दैन भन्ने कुराको यकिन अहिले नै गरिएको छैन ।

