प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड र माधव नेपाल बालुवाटारमा


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटार भेटबार्ता भएको छ ।

सरकार द्वारा राजनैतिक दल सम्बन्धि अध्यायदेश ल्यायसँगै पूर्व प्रधानमन्त्री नेपालले एमाले विभाजन गरेर नयाँ दल दर्ता गरेको भोलिपल्ट तीन नेताबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री देउवालाई भेट्न अध्यक्षद्वय प्रचण्ड र नेपाल बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास पुगेका हुन् ।

प्रधानमन्त्री देउवाका निजी सचिव भानु देउवाका अनुसार उनीहरुबीच समसामयिक राजनीतिक घटनाक्रम र मन्त्रिपरिषद बिस्तारलगायत विषयमा कुराकानी भएको बुझिएको छ।

 

प्रतिक्रिया