माधव नेपालले आयोगमा ‘एमाले समाजवादी’ दर्तालाई निवेदन दिए, ३५ दिनको समयसीमा


काठमाडौं– नेकपा एमाले विभाजन गरी ‘एमाले समाजवादी’ दर्ताका लागि माधवकुमार नेपालले निर्वाचन आयोगमा निवेदन बुझाएका छन्।

आयोगका पदाधिकारीलाई दल दर्ताका लागि आवश्यक सबै कागजातसहित नेता नेपालसहितका नेताले निवेदन बुझाएका हुन्।

राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएको छ भने राजपत्रमा प्रकाशित गरिएको छ। अब निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गरी नेपालले दिएको निवेदन ३५ दिनभित्र कारबाही गर्नेछ।

प्रतिक्रिया