

डोरमणिले राजीनामा दिने, संसदीय दलको नेता जिताउँदै अष्टलक्ष्मी शाक्य बागमती मुख्यमन्त्री

काठमाडौं– नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठकले अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेता सर्वसम्मत गर्दै मुख्यमन्त्री बनाउने भएको छ।
हेटौंडामा जारी संसदीय दलको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले नेताबाट राजीनामा गरी शाक्यलाई प्रस्ताव गर्दैछन्।
शाक्य संसदीय दलको नेता हुनासाथ मुख्यमन्त्रीका लागि तयार हुनेछिन्। शाक्य प्रस्तावित भएको खण्डमा माधवकुमार नेपाल पक्षका प्रदेश सांसदलाई अन्यौल हुने स्थिति बनेको छ।

