अर्को पार्टी गठन गर्ने संकेत गर्दै नेता नेपालले भने– ओलीसँग भोली चुनावी तालमेल हुनसक्छ

‘राजतन्त्र पुनःस्थापना हुने खतरा बढ्यो’


काठमाडौं– एमालेले सांसदबाट पनि पदमुक्तका लागि सिफारिस गरेका नेता माधवकुमार नेपालले अर्को पार्टी गठन गर्ने संकेत गर्दै भोलीका दिनमा केपी शर्मा ओलीसँग चुनावी तालमेल हुनसक्ने बताएका छन्।

जुम बैठकमार्फत आफूनिकट विभिन्न जनसंगठनका नेता कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा नेता नेपालले ओलीले आत्मालोचना नगर्दा एमाले बिभाजनको डिलमा पुगेको बताए।

उनले ओलीका कारण नै अहिले राजावादी चम्किन थालेको र राजसंस्था पुनःस्थापना हुने खतरा बढेको पनि बताएका छन्। पार्टी गठन भई हालेको अवस्थामा तत्काल कसैसँग एकीकरणचाहिँ नहुने बरु एमालेसँग नै हुनसक्ने सम्भावनाको ढोका खुला रहने नेता नेपालको भनाई थियो।

प्रतिक्रिया