मन्त्रिपरिषद् बैठक सकिए लगतै देउवा शीतल निवासमा


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।

मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठक सकिए लगतै देउवा शीतल निवास पुगेका हुन् ।

प्रधानमन्त्री देउवा प्रदेश नम्बर २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रको शपथ ग्रहणमा सहभागी हुन शीतल निवास पुगेको बालुवाटार स्रोतले जनाएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुर्‍याए दल विभाजन गर्न सकिने अध्यादेश ल्याउने निर्णय गरेको छ । उक्त दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गरिएको छ ।

प्रतिक्रिया