महामन्त्री तिमल्सिनाद्वारा मेलम्ची बाढी प्रभावित विद्यालयलाई सहयोग हस्तान्तरण


सिन्धुपाल्चोक — नेपाल विद्यार्थी संघ केन्द्रीय समितिका महामन्त्री तथा नेपाली काँग्रेस सिन्धुपाल्चोकका नेता बलदेव तिमल्सिनाले मेलम्ची बाढीपीडितलाई सहयोग हस्तान्तरण गरेका छन् ।

मेलम्ची क्षेत्रमा आएको बाढी र त्यसको क्षतिप्रति सकारात्मक र सहयोगी भावनाका साथ नेपाली जनसम्पर्क समिति—क्यानडाबाट प्राप्त एक लाख रुपैयाँमध्ये मेलम्ची नगरपालिका वडा नं–६ स्थित तेर्से माध्यमिक विद्यालय र डुँडे फाट बस्ती र खेत संरक्षण समका पदाधिकारीलाई बस्ती संरक्षणका ५०/५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

No description available.

राहत हस्तान्तरणका लागि आयोजना गरिएको कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं ड्रीमल्याण्ड र लोकतान्त्रिक शैक्षिक परामर्श संघ नेपालको तर्फबाट मेलम्ची नगरपालिका वडा नं ६ तालामराङ्गका बाढी प्रभावित २५ घरपरिवारलाई भान्साको भांँडा सेट तथा विद्यालयको निम्ति महामन्त्री तिमल्सिनाको तर्फबाट सर्जिकल मास्क, पिपिइ सेट,स्यानिटाइजर,फेससिल्ड लगाएत अत्यावश्यक स्वास्थ्य सामग्री पनि हस्तान्तरण गरिएको थियो ।

No description available.

उक्त अवसरमा महामन्त्री तिमिल्सिनाले बाढीबाट क्षतिग्रस्त सामुदायिक विद्यालय र बस्तिको संरक्षणका निम्ति आर्थिक सहयोग उपलब्ध गराउ नेपाली जनसम्पर्क समिति—क्यानडाका अध्यक्ष बुद्धि प्रकाश वलि, महासचिव बसन्त कार्की र जनसम्पर्क समिति परिवार र क्यानडा दिवाकर मान सिंह बस्नेत,अत्यावश्यक किचेनको भाँडा सेट उपलब्ध गराइ तालानाराङ पुगेर हस्तान्तरण गर्ने नेपाल तरुण दलका केन्द्रीय नेता पदम भट्टराई, भोटेकोसी गाउँ पालिका वडा नं.३ का अध्यक्ष कैलास पौडेल लगाएत सबैलाई धन्यवाद दिएका थिए ।

 

प्रतिक्रिया