

एमाले विभाजनको अध्यादेश ल्याउने तयारीप्रति संसदमा महेश बस्नेतको आपत्ति

काठमाडौं– सरकारले प्रतिनिधि सभाको अधिवेशन अन्त्य गरी एमाले विभाजनका लागि दलसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै एमाले सांसद महेश बस्नेतले आपत्ति जनाएका छन्।
सोमबार भएको प्रतिनिधि सभाको बैठकमा बोल्दै बस्नेतले संसद पुनःस्थापनापछि सरकारले गरेको यस्तो तयारीप्रति बिरोध जनाएका हुन्। उनले भने,‘आज संसद अधिवेशन स्थगन गरी अध्यादेश ल्याउने तयारीबारे सुनेको छु। यो संसदमा शुभकामना दिने र प्रतिवेदन बुझाउनेबाहेक केही काम भएको छैन।’

