प्रचण्डलाई बुँदा–बुँदामा जवाफसहित ओलीको प्रस्ताव, गृहकार्यमा सचिवालय सदस्य पोखरेल


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शनिबार हुने सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रस्तावको उत्तर अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट बुँदा–बुँदामा तयार गरिएको छ।

यसको गृहकार्य उपप्रधानमन्त्री तथा नेकपा सचिवालय सदस्य ईश्वर पोखरेल र स्थायी समिति सदस्य शंकर पोखरेलले गरेका हुन्। प्रधानमन्त्री ओलीसँगको परामर्शका आधारमा उत्तर तयार पारिएको छ जसलाई प्रकाशन गरी नेकपाका तल्ला कमिटीमा समेत पठाइने बालुवाटार स्रोतले जनाएको छ।

यसअघि कतिपय अन्तरवार्तामा उपप्रधानमन्त्री पोखरेलले प्रचण्डले बुँदा–बुँदामा उत्तर पाउने बताएका थिए। सोहीअनुसार राजनीतिक प्रस्ताव तयार पारिएको बताइएको छ। यसका लागि विवाद समाधान कार्यदलले तयार पारेको प्रतिवेदन, अघिल्लो स्थायी समितिले गरेका निर्णयका खाका र एकता हुँदा भएका कतिपय सहमति र सम्झौताका विषयलाई पनि उल्लेख गरिएको छ।

२८ कात्तिकमा भएको सचिवालय बैठकमा प्रचण्डले सचिवालयमा राजनीतिक प्रस्ताव राख्दै ओलीले मनलाग्दी हिसाबले सरकार चलाएको, नियुक्तिमा कुनै सल्लाह नगरेको भन्दै एउटा पद छाड्नुपर्नेसम्म उल्लेख गरेका थिए।

प्रतिक्रिया