

नेपालीभाषी भारतीय विदेश सचिवका उच्चस्तरीय भेटवार्ता आजै

काठमाडौं– नेपालीभाषी भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका क्रममा काठमाडौं आएका छन्। उनले उच्चस्तरीय भेटवार्ता आजैदेखि थाल्ने बताइएको छ।
विदेश सचिव श्रृंगलाको यो पहिलो नेपाल भ्रमण हो । नेपाल–भारत उच्चस्तरमा भइरहेको भ्रमणको आदान प्रदानकै निरन्तरताका क्रममा श्रृगंला आएका हुन्।
परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा औपचारिक भ्रमणमा आएका श्रृंगलाले आजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलगायतलाई भेट्ने कार्यक्रम छ ।
त्यसअघि परराष्ट्र सचिवले दुईपक्षीय विषयहरुमा वार्ता गर्नेछन् ।

