

अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल स्वदेश ल्याउनुपर्यो : भीम रावल

काठमाडौं – अफगानिस्तानमा तालिवानी लडाकुहरुले द्धवन्द चर्काई रहेका बेला नेकपा एमालेका सांसद भीम रावलले त्यहा रहेका नेपालीहरुलाई तत्काल स्वदेश फर्काउन सरकारले पहल गर्नुपर्ने बताएका छन् ।
आइतबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै रावलले अन्य देशले जस्तै नेपाली नागरिकलाई पनि अफगानिस्तान छाड्न नेपाल सरकारले आह्वान गर्नुपर्ने बताए ।
अहिलेको परिस्थितिमा सामान्य तरीकाले काम गरेर नहुने बताउँदै उनले भने, ‘सम्बन्धित नियोगलाई वा कम्पनीलाई आफ्ना नागरिकलाई बाहिर लैजाँदा हाम्रो पनि लगिदेऊ भनेर कसैको दयामायाले हुँदैन । आफैं ल्याउने हो सरकारले गर्नुपर्ने यो हो । तत्काल नेपालीहरुलाई बाहिर ल्याउनुपर्यो ।
विद्रोही समूह तालिबानले अफगानिस्तान छाड्न चाहनेलाई जान दिने भनेकाले त्यहाँ रहेका नेपालीहरुलाई सुरक्षित तवरले बाहिर ल्याउनुपर्ने सांसद रावलको भनाइ छ ।

