माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजबाट


काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज (शनिबार)देखि बस्दै छ ।

केन्द्रीय समितिको बैठक शनिबार बिहान ११ बजे बस्ने लागेको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन एवं साङ्गठनिक प्रतिवेदन पेस गर्नेछन् ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी सङ्गठनको अवस्थाका बारेमा छलफल हुने गरी प्रस्ताव तय भएको माओवादी केन्द्रले जनाएको छ ।

हिजो शुक्रबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई सफल बनाउने गरी परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका थिए । अध्यक्ष दाहालले वामलोकतान्त्रिक सरकारलाई सफल बनाउन पार्टीका तर्फबाट अधिकतम प्रयास गर्न पार्टीको समग्र पंक्तिलाई परिचालित हुन निर्देश गरेका हुन् ।

प्रतिक्रिया