कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामाको घोषणा


काठमाडौं – नेपाली कांग्रेसका २२ आमन्त्रित केन्द्रीयसदस्यले सामूहिक राजीनामा दिने घोषणा गरेका छन् । शुक्रबार केन्द्रीय समिति बैठकमा आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक रुपमा राजीनामाको घोषणा गरेका हुन् ।

आमन्त्रित केन्द्रीय सदस्यहरुले कुनै भूमिका र अधिकार नपाएको भन्दै राजीनामा दिने प्रस्ताव पेश गरेको आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डेयले बताए ।

उनीहरुले कांग्रेसको विधानमा आमन्त्रित केन्द्रीय सदस्यलाई क्षेत्रीय प्रतिनिधि सरह अधिकार नदिएको भन्‍दै राजीनामा गरेका हुन् ।

पार्टीको क्षेत्रीय प्रतिनिधि सरह पनि हामीलाई अधिकार दिइएन, आमन्त्रित केन्द्रीय किरण पौडेलले भने, विधानमा आमन्त्रित केन्द्रीय सदस्यलाई विभेद गरिएकाले हामीले राजीनामा गरेका हौं ।’ उनले विधानले सबै तहको समान व्यवस्था गर्ने गरी ब्याख्या गर्नु पर्ने माग गरे ।

यी हुन् सामूहिक रुपमा राजीनामा दिएका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरु:

१. नन्दनकुमार दत्त (सुनसरी)
२. कुमार खड्का (कास्की)
३. बालकृष्ण पाण्डेय (नेजस भारत)
४. आनन्द (गोरख) विष्ट (नेजस अमेरिका)
५. नरेन्द्रकुमार चौधरी (सुनसरी)
६. हसन अन्सारी (मोरङ)
७. किरणराज शर्मा पौडेल (बाग्लुङ)
८. रमा कोइराला पौडेल (सुनसरी)
९. कृष्णकिशोर घिमिरे (दाङ)
१०. गोपालकुमार बस्नेत (झापा)
११. सुधीरकुमार शिवाकोटी (झापा)
१२. मनोहरनारायण श्रेष्ठ (धनकुटा)
१३. ध्रुव वाग्ले (तनहुँ)
१४. मोहनसिंह राठौर (कैलाली)
१५. शम्भुलाल श्रेष्ठ (सर्लाही)
१६.अभिषेख प्रताप शाह (कपिलवस्तु)
१७. दयाराम पाण्डे (लम्जुङ)
१८.जनकराज कलौनी (डडेल्धुरा)
१९. भूमिबहादुर (विश्व) गुरुङ (स्याङ्जा)
२०.दिलीप राई
२१.आशाराम चौधरी
२२.राजेन्द्रबहादुर सिंह

प्रतिक्रिया