

काठमाडौंमा ७९९ सहित उपत्यकामा १०८९ जनामा कोरोना पुष्टी

काठमाडौं — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १,०८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७९९, भक्तपुरमा १६२ र ललितपुरमा १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै शुक्रबार देशभर ३,९१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने २७ जनाको मृत्यु भएको छ ।
यस्तै काठमाडौंमा ८ हजार ४०७, भक्तपुरमा १ हजार ३६२ र ललितपुरमा १ हजार ८२७ जना संक्रिय संक्रमित रहेका छन् भने हालसम्म काठमाडौंमा २ हजार ४ जना, भक्तपुरमा ३९८ जना र ललितपुरमा ६१८ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

