असारमा तिर्न नसकेको ब्याज तथा किस्ता अब पुस मसान्तसम्म तिर्न सकिने


काठमाडौं – निषेधाज्ञाको अवधि २०७८ असारसम्म भुक्तानी गर्नुपर्ने ब्याज तथा किस्ता अब पुस मसान्तसम्म तिर्न सकिने भएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् ।

मौद्रिक नीतिले निषेधाज्ञा अवधिका २०७८ असारसम्म भुक्तानी गर्नुपर्ने इएमआईरइक्यूआई वा साँवा ब्याज भुक्तानी गर्न नसकेका ग्राहकको वित्तीय स्थिति बैंक तथा वित्तीय संस्थाले मूल्यांकन गरि २०७८ पुस मसान्त सम्म म्याद थप गर्न सकिने व्यवस्था मिलाएको हो ।

कोभिड महामारीबाट अति प्रभावित होटेल, ट्राभल, ट्रेकिङ, हवाई सेवालगायत पर्यटनमा निर्भर रहने व्यवसायी ऋणीको हकमा वित्तीय अवस्था विश्लेषण गरि आवश्यकता अनुसार २०७९ असार मसान्तसम्म पाक्ने व्याजको छुट्टै हिसावमा राख्ने व्यवस्था हुने भएको छ ।

यस्तो रकममा थप हर्जाना र पेनाल ब्याज नलाग्ने व्यवस्था मिलाइने अधिकारीले बताए ।

प्रतिक्रिया