

प्रतिनिधिसभा बैठक: विधेयकसम्बन्धी सन्देश टेबल

काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभाबाट दुई विधेयकका सम्बन्धमा प्राप्त सन्देशलाई टेबल गरिएको छ ।
प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभामा उत्पत्ति भएका ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६’ र ‘तथ्याङ्क विधेयक, २०७६’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबल गरेका हुन् ।
प्रतिनिधिसभाको अर्को बैठक यही साउन ३२ गते दिउँसो १ बजे बस्नेछ ।

