

कानपुरमा रिक्सा चालक माथी भएको दुर्व्यवहारको बिरुद्द फैलियाे दंगा

नँयादील्ली – भारतको कानुपुरमा एक रिक्सा चालकमाथि भएको दुर्व्यवहारलाई लिएर साम्प्रदायिक दंगा फैलिएको छ। केही दिन अघि सामाजिक सन्जालमा भाइरल भएको एक भिडिओमा रिक्सा चालकलाई कुटेको देख्न सकिन्छ ।
कानपुरमा उक्त घटनालाई लिएर आन्दोलन भइरहेको छ । आन्दोलनको क्रममा केही आन्दोलनकारीहरुले ‘जय श्री राम’ को नारा लगाइरहेका थिए । यस घटनासँग सम्बन्धित तीन अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । एजेन्सी

