गर्मी मौसममा भुलेर पनि यी चिज फ्रिजमा नराख्नुहोस्


काठमाडौं – तरकारी वा धेरै यस्ता चीजहरु छन् जुन हामी सधैं फ्रिजमा राख्छौ । विशेष गरी गर्मी र बर्षातको मौसममा कुनै चीजहरु चाँडै खराब हुन्छन्। हजारौं मानिसहरुको फ्रिज सामानले भरिएका छन्। केही फलफूल र तरकारीहरु फ्रिजमा धेरै दिन सम्म रहन्छन्, तर केही खाद्य वस्तुहरु फ्रिजमा राख्नु हाम्रो स्वास्थ्यको लागि घातक हुन सक्छ ।

यदि तपाइँ सोच्नुहुन्छ कि फ्रिजमा खाद्य वस्तुहरु राख्नाले खराब हुँदैन तर यस कुरालाई पनि तपाईले ख्याल गर्नुपर्ने हुन्छ कि कती समय कुन खानेकुरा राख्न सकिन्छ ?

गर्मी मौसममा तरकारी, फलफूल र पकाएका खाना छिटो–छिटो बिग्रिने गर्दछ । त्यसैले सकेसम्म यी चिज नबिग्रियोस् भनेर फ्रिजमा राख्ने गरिन्छ । तर, केही यस्ता केही खाना, तरकारी तथा फलफूलहरु छन्, जुन फ्रिजमा राख्दा झन् खराब हुने गर्दछ ।

गोलभेँडा
धेरैले गोलभेँडालाई फ्रिजमा राख्ने गर्दछन् । तर फ्रिजमा राखेको गोलभेँडाको प्राकृतिक स्वाद खराब बन्न जान्छ । साथै चिसोपनाले यसको भित्री झिल्ली मार्छ र चाँडै गिलो बनाइदिन्छ ।

अचार
अचारमा अमिलोपन बढी हुन्छ । त्यसैले यसलाई फ्रिजमा राख्नुभन्दा भान्सा कोठामै राख्नु राम्रो हुन्छ । अचारलाई फ्रिजमा राख्दा अन्य समान पनि बिग्रिन सक्छ ।

आलु
फ्रिजमा कहिल्यै आलु राख्नु हुँदैन । चिसोले आलुमा भएको पोषण तत्व स्टार्च ग्लुकोजमा परिवर्तन हुन्छ । जसले आलुको प्राकृतिक स्वाद हराएर गुलियोपन बढ्दछ । जो स्वाद र स्वास्थ्य दुवैका लागि ठीक हुँदैन । आलु बोरामा ओछ्याएर सुक्खा ठाउँमा राख्नु राम्रो हुन्छ ।

लसुन
लसुन पनि फ्रिजमा राख्नु हुँदैन । धेरै चिसोमा राखेको लसुनको पोषण तत्व नष्ट हुन्छ । लसुन पनि आलुजस्तै सुक्खा स्थान मै राख्नु राम्रो हुन्छ ।

तुलसी पत्ता
तुलसी पत्ताको हरियोपना कायम गर्न फ्रिजमा राख्ने चलन छ । तर, चिसोमा तुलसी पत्तामा पाइने औषधिको मात्रा रहिरहन सक्दैन । यसलाई पानीमा डुबाएर बाहिरी वातावरणमै राख्दा राम्रो ।

प्याज
प्याजमा केही चिसोपन हुन्छ । त्यसैले फ्रिजमा राख्दा ढुसी पर्ने खतरा रहन्छ । प्याज सुक्खा तथा अँध्यारो स्थानमा राख्नु राम्रो हुन्छ ।

ब्रेड
ब्रेड खराब होला भनेर धेरैले फ्रिजमा राख्ने गरेको पाइन्छ । तर, यो गलत तरिका हो । फ्रिजमा राखेको ब्रेडको सुक्खापन हटेर चाँडै ढुसी लाग्ने सम्भावना हुन्छ ।

सलाद
सलादमा तताएको तेल मिसाएर राखिएको छ भने फ्रिजमा भुलेर पनि नराख्नुहोला । तातो र चिसो मिल्दा सलाद बिग्रिने सम्भावना हुन्छ ।

केरा
केरा पनि फ्रिजमा राख्दा छिटो-छिटो काला धब्बाहरू निस्किन्छ । चिसो राखेको केराबाट इथाइलिन नामको ग्यास निस्किन्छ, जसले आसपासमा राखेको फलफूललाई पनि छिटै गलाइदिन्छ ।

स्याउ
स्याउ पनि फ्रिजमा नराख्नु नै उत्तम हुन्छ । बियाँ भएका फलफूलहरू आरु, आरुबखडा, चेरीलगायत पनि फ्रिजमा नराख्नुहोस् । कम तापक्रममा राख्दा यी फलफूलमा एन्जाइम सक्रिय हुन्छ र छिट्टै गल्न थाल्छ ।

तरबुजा
काँक्रो, तरबुजा र खरबुजा काटेपछि केही समय फ्रिजमा राख्न सक्रिन्छ तर सिंगो दानालाई कहिल्यै फ्रिजमा नराख्नुहोस् । यो फलमा अत्यधिक एन्टिअक्सिडेन्ट हुन्छ, जुन फ्रिजमा राखेपछि बिग्रिन्छ ।

आँप
गर्मीको समयमा आँप र खरबुजा सबैभन्दा बढी प्रयोग हुने फलहरू हुन्। विज्ञहरू अनुसार यी दुई फलफुललाई फ्रिजमा राख्न हुदैन।  विभिन्न एजेन्सीको सहयोगमा

प्रतिक्रिया